काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ ।


खेल नेपाली समय अनुसार बेलुकी ८ः१५ बजे न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट रंगशालामा सुरु हुनेछ ।


प्रतियोगिताको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई हराएपछि भारतले यस संस्करणको आफ्नो दोस्रो खेल आज खेल्दैछ । अर्कोतर्फ पाकिस्तानले सुपर आठको आशा जीवित राख्न आज जित्नै पर्ने हुन्छ ।


पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो । भारत र पाकिस्तानले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक मात्र एकअर्का सँग खेलेका छन् जसमध्ये भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here