काठमाडौँ– सन्दीप लामिछानेले नेपालका लागि आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको  पीएनजीले आफ्नो ३३ औं ओभरमा दुई विकेट गुमायो ।

सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरी हिरीलाई बोल्ड आउट गराएका हुन् । हिरी हिरीले ८ रन बनाए । सन्दीपले नै ३३ औं ओभरको तेस्रो बलमा काड सोपरलाई क्याच आउट गराए ।  पीएनजीले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १५३ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here