काठमाडौं । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार जुन १८ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्ने भएको हो ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स ९यूएई०सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । यस्तै, प्रतियोगिताको समूह ए मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स यूएई छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here