काठमाडौं । नेपालमा खाना पकाउने ग्याँसको आयात घटेको छ । विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार गत वर्षको तुलनामा १ करोड ९२ लाख किलोले खाना पकाउने ग्याँसको आयात घटेको हो । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।
नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँस आयातमा गिरावट देखिएको छ । भन्सार विभागका अनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार किलो खाना पकाउने ग्याँस आयात भएको छ ।
गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एक अर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा संकुचन आएको हो ।