काठमाडौं ।  शिवालय बचत तथा ऋण सहकारी संस्था ली।बन्द हुने अवस्थामा पुगेको छ । भक्तपुरको सल्लाघारीमा रहेको सहकारी ६ हजार बचतकर्ताको ३२ करोड बचत फिर्ता गर्न नसकेपछि  बन्द हुने अवस्थामा पुगेको हो । 

कर्जा सूचना केन्द्रले सहकारीलाई  केही फागुन २ गतेदेखि कालो सूचिमा राखेको थियो । संस्था कालो सूचिमा परेसँगै संस्थाका हरि वशिष्ठ भट्टराई, हिमाल राई, पद्मा लिम्बु, प्रताप राई, रोजिना श्रेष्ठ र सञ्जु अवाले ४ महिना देखि सहकारी आएका छैनन ।

सहकारीका कर्मचारीका अनुसार अध्यक्ष लगायतको सहकारीका सञ्चालकहरू ऋणीको घरघरमा ताकेता गर्दै हिँडेका खबर छ । सहकारी बन्द हुनुको कारण सहकारीले घर जग्गामा लगानी र आर्थिक मन्दीका कारण, ऋणीहरूले समयमा व्याज, साउँ समयमा तिर्न नसक्नु मुख्य कारण रहेका सहकारी एक कर्मचारीले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here