काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । मन्त्रालय भागबण्डा टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लागेको हो ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले औपचारिक निर्णय नगरेपनि मन्त्रालय भागबण्डाबारे मोटामोटी टुंगो लागेका जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने बताए । उनले कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको बताएका छन् । बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच सहमति भएको हो ।
सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाइ छ । सहमतिअनुसार गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको उनले बताएका छन् ।