काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको रुपन्देही जिल्ला अधिबेशनको उद्घाटन भएको छ । नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको प्रथम अधिबेशन उद्घाटन भएको हो । पार्टीका केन्द्रिय समितिका नेता तथा जिल्लास्थित नेता/कार्यकर्ताको उपस्थितिमा उक्त अधिवेशनको उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै पार्टीका विभिन्न नेताहरुले रेशम चौधरीको रिहाइको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने धारणा राखेका छन्। साथै पार्टिका केन्द्रिय नेता हिमाञ्चलराज भट्टराईले पार्टीले अब देशभर संगठन विस्तार गर्ने उल्लेख गरेका थिए । सो क्रममा उनले पार्टीको तर्फबाट भावी कार्ययोजना पनि प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here