काठमाडौँ । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुङ्गा पल्टिँदा एक निजी विद्यालयका बालबालिका रतालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धी नगरबाट १२७ किलोमिटर दक्षिण पूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा डुङ्गा पल्टिएको हो । शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् । विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरूले बताएका छन् । डुङ्गाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तिनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here