काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट बाहिरिएकोमा अरुलाई दोष दिएर सत्तोसराप नगर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । हातमा आइसकेको सत्ता किन फुत्कियो भन्ने आत्मसमीक्षा गर्न नेपालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई सुझाव दिएका हुन् ।
‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन रु त्यसको पछाडि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो रु त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन,उनले भने । आफ्ना कमिकमजोरी के थिए भन्ने खोजी गर्नका लागि नेपालले सुझाव दिएका छन् । उनले भने, आफूभित्र के कमीकमजोरी रहे, त्यसको हामी सबैले समीक्षा गरौं । कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौं । त्यसलाई सुधार गरौं ।
अहिले नेताहरूमा व्यक्तिवादको समस्या देखिएको पनि नेपालको भनाइ थियो । ुहामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो ।


























