काठमाडाैं । राष्ट्रिय जनमोर्चाले आगामी असोज राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जनमोर्चाको जेठ २८ गतेदेखि २९ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आगामी असोज ४ र ५ गते परिषद् बैठक गर्ने निर्णय गरेको हो ।

आज अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिषद् बैठक बुटवलमा गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले असार १४ गते संघीयता तथा भ्रष्टाचारको विरोधमा देशव्यापी कोणसभा तथा विरोध सभा गर्ने निर्णय गरेको छ ।

बैठकमा मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक परिस्थिति र भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनबाट देखा परेको परिणामका विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here