काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । चैत ३ र ४ गते पर्साको वीरगञ्जमा बोलाइएको बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने बताइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता दिए पनि सम्बन्ध राम्रो छैन ।

सो पार्टीले नौलो गणतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्ने तयारी गरिरहेको छ । बैठकमा सरकारलाई निरन्तरता दिने कि नदिने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । सो पार्टीले मधेश सरकारले विभिन्न भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसको छानबिनगर्न माग गर्दै आन्दोलन गरिरहेको छ । त्यस्तै मधेश कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा आफ्ना नेतामाथि भएको कुटपिटको बारेमा समेत छानबिन गर्न सो पार्टीले माग गरिरहेको छ ।

२०८१ जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी समेत जनमत पार्टीले गरिरहेको छ । त्यसको तयारीका बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here