काठमाडौँ । झापाको दमकबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर छन् । 

सोमबार दमक नगरपालिका–५ मा को।३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । 

आरोपीको साथबाट प्रहरीले ‘मेड इन इटली’ लेखिएको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here