काठमाडौँ ।  पाँच लाख रुपैयाँ घुससहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन्।वडाध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो उनलाई अख्तियारको हेटौंडाबाट गएको टोलीले स्थानीय जवसवाल होटलबाट घुससहित पक्राउ गरेको अख्तियारको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए।

अहिले पक्राउ परेका वडाध्यक्ष कार्कीको विषयमा कागजी प्रक्रिया चलिरहेको गौतमले बताए। घुससहित पक्राउ परेका कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here