काठमाडौँ-पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ। पण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए।विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here