काठमाडौँ । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावललाई प्रहरीले सर्वोच्च अदालतकाे गेट अगाडिबाट पक्राउ गरेको छ।सोमबार बेलुकादेखि अनसन बसेको बताउने उनलाई ‘आन्दोलन गर्दिनँ र न्याय माग्छु’ भन्दाभन्दै प्रहरीले पक्राउ गरेको हो।हिजो साँझदेखि शान्तिबाटिकामा अनसन बसेकी उनलाई प्रहरीले आज बिहान सर्वोच्चको गेटमा पुग्नासाथ पक्राउ गरेको हो।

आरतीले आइतबार दिउँसाे सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी थिइन्। आत्मदाह प्रयास गर्ने क्रममा प्रहरीले तत्काल उद्धार गरेको थियाे।उनले श्रीमान् भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी छन्। कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि न्यायाधीश गिरी गतवर्ष चैत २८ गते पक्राउ परेका थिए।गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो। गिरीकी श्रीमतीले भने उनलाई थुनामा राख्नुपर्ने माग गर्दै आएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here