काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै आयोजक नेपाल काठमाडौंमा जारी काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना टोली उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।

नेपालले पहिलो सेट गुमाए पनि बाँकी सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो । अघिल्ला दुई संस्कणको च्याम्पियन नेपालले सेन्ट्रल एशियन भलिबल एशोसिएशन ९काभा० महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्यमा रहे पनि सेमिफाइनलमा काजाकस्तानसँग पराजित भएको थियो ।

आइतबार तेस्रो स्थान हासिल गरेको नेपाल उज्वेकिस्तानमाथि पहिलो सेटमा २०–२५ ले गुमाएको थियो। तर बाँकी सेटमा भने नेपालले सम्हालिएको प्रदर्शन गर्न सफल भएको हो । सो क्रममा नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५–१६, २५–१५ र २५–१३ ले आफ्नो पक्षमा पारेको हो । यससँगै नेपालले लगातार तेस्रो खेलमा उज्वेकिस्तानबिरुद्ध जित निकाल्न सफल भएको छ ।

नेपालले अघिल्लो संस्करणको लिग चरण र फाइनलमा पनि उज्वेकिस्तानलाई हराएको थियो । प्रतियोगिताको उपाधिका लागि आइतबार साँझ सवा चार बजे भारत र काजकिस्तान प्रतिस्पर्धा गर्दैछन्। सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३–२ तथा उज्वेकिस्तान भारतसँग ३–० को सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here