काठमाडौ ।  भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीकाे चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बिष्फाेटमा परी बुधबार राति घाइते भएका चार जनाकाे उपचार भैरहेकाे छ।विद्युतीय धराप (एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका थिए। उनीहरू चारै जनाकाे धनगढीस्थित मायामेट्राे अस्पतालमा उपचार भैरहेकाे हाे।सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाइते भएका हुन्।घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।घाइते चार जनामध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ।अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ। यस्तै, नबिन देवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बिष्फोटपछि घटनास्थलमा बुधबार राति केही समय प्रहरीले सिज गरेको थियाे। सवारी साधन आवतजावतमा रोक लगाएको थियाे।राति नै नेपाली सेनाकाे बम डिस्पाेजल टाेली पनि घटनास्थल पुगेकाे थियाे। द्वन्द्वकालमा उक्त क्षेत्रमा तत्कालीन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाइँ भएको थियो। बुधवार बिष्फोट भएको बिद्युतीय धराप पनि द्वन्द्वकालकै भएको अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here