काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक सोमबार बिहान आठ बजे बस्ने भएकाे छ।पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल गर्न बैठक डाकिएको पार्टीका महामन्त्री रजाराम बर्तौलाले जानकारी दिए।‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरूलाई सचिवालयमार्फत खबर गरिएको छ। उपत्यका बाहिरका पनि अनुकूल हुने उपस्थित हुनुहुनेछ’, बर्तौलाले भने।

उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ।थापाले पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त र एजेन्डाको पक्षमा जसले आवाज उठाए पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए।दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here