काठमाडौं । नेपाली हिमाल आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३० औँ पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ः४९ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेसँगै ३०औँ पटक सगरमाथा चुचुरोमा पुग्ने पहिलो व्यक्ति बनेका हुन् ।

सन् २०१९ मा एक हप्तामा दुई पटक २३औँ र २४ औँ पटक सगरमाथाको सफल आरोहण गर्न सफल शेर्पाले २०२३ मा पुनः एक हप्तामा दुई पटक २७ औँ र २८ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । गत बैशाख ३० गतउ उनले २९औँ पटक सगरमाथा आरोहण गरेका थिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here