काठमाडौँ । कामना सेवा विकास बैंकले २ करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर तिरेको छ । बैंकले एफपीओमा जारी गरेको कर र मर्जर तथा प्राप्तिबापतको कर बुझाएको हो ।बैंकले दिएको जानकारीअनुसार साढे २ करोडभन्दा धेरै कर ठुला करदाता कार्यालयमार्फत सरकारमा बुझाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मर्जर तथा प्राप्ति र एफपीओमा कर लगाउने निर्णय गरेको थियो ।

महालेखाको कार्यालयले पटक–पटक प्रश्न उठाए पनि यसबापतको कर उठाउन सरकारले सकेको थिएन । तर, बजेटमार्फत नै व्यवस्था गरिएपछि कर बुझाउनुपर्ने बैंक तथा वित्तीय संस्थाहरू अदालतको सरणमा पुगेका थिए ।अदालतले समेत सरकारकै पक्षमा फैसला गरेपछि बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र एफपीओमार्फतको कर बुझाउन थालेका हुन् । यसबापत राज्य कोषमा दुई दिनको अवधिमा १३ अर्ब रुपैयाँ हाराहारीको कर संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here