काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका तीनै जना मन्त्रीहरूले देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै सामूहिक राजीनामा दिएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।
तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।