काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व स‌कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९र८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व संकलन भएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व स‌कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८‍.८७ प्रतिशत हासिल गरेको जनाएको छ । महानगरपालिका चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड रुपैयाँ उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आव २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय संकलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here