काठमाडौँ । काठमाडौँमा नयाँ फिल्म हल खुलेको छ । सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल खोलेको हो । बिहीबार साँझ आयोजित एक समारोहबिच अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जितु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले हलको संयुक्त उद्घाटन गरे ।

तीनवटा पर्दाका साथ विभिन्न सुविधा सहित खुलेको हलमा ४ सय ९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ ।

विशेषतः यो हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक सुमित मैनालीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here