काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । ‘आदिपुरुष’को विवादित डायलग हटाउने भनिए पनि फिल्म मेकरले भारतमा उक्त संवाद नहटाएपछि महानगरले हिन्दी फिल्मको प्रदर्शनी रोक्ने तयारी गरेको हो ।

महानगर स्रोतका अनुसार भोली सोमबारदेखि महानगरका हलहरुमा ‘आदिपुरुष’सँगै अन्य हिन्दी फिल्मको प्रदर्शनी पनि रोक्ने तयारी गरिएको हो । ‘आदिपुरुष’मा विवादित रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने डायलग नेपालमा मात्रै नभएर भारत लगायतका मुलुकमा पनि हटाउन यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले आग्रह गरेका थिए ।

तर, फिल्म मेकर टिमले नेपालमा प्रदर्शन हुने फिल्ममा मात्रै उक्त विवादित संवाद हटाएर भारतमा भने कुनै परिवर्तन नगरेपछि काठमाडौं महानगरपालिकाले महानगरभित्रका हलमा हिन्दी फिल्म बन्द गराउने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here