एजेन्सी । प्रभास स्टारर फिल्म सालार शुक्रबार रिलिज भएको थियो । पहिलो दिन नै सालारले विश्वव्यापी रूपमा करिब १८० करोड भारतीय रुपैयाँ सङ्कलन गरेको छ। जसमध्ये ९० करोड भारतीय बक्स अफिसको छ ।

यो कमाईसँगै सालार भारतको तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यसले केजीएफ–२ को रेकर्ड पनि तोडेको छ । यस मामिलामा चलचित्रभन्दा अगाडि मात्र आरआरआर र बाहुबली–२ छन् । यो फिल्मले प्रशान्त निलका अघिल्ला फिल्मको कीर्तिमान तोडेको छ ।


उता शाहरुख खान स्टारर फिल्म डंकीले २९.२० करोडको ओपनिङ गरेको थियो भने दोस्रो दिन २०.५० करोड कमाएको छ । डंकीले विश्वभर ५८ करोड रुपैयाँ कमाएको छ ।


कलेक्शनको मामिलामा मात्रै होइन, प्रभासको सालारले अग्रिम बुकिङको मामिलामा पनि शाहरुखको डंकीलाई पछाडि छोडेको थियो। सालार यो वर्ष अमेरिकामा सबैभन्दा धेरै अग्रिम बुकिङ भएको भारतीय फिल्म बनेको छ ।


फिल्मले भारतमा एडभान्स बुकिङमार्फत करिब ४९ करोड भारुको ठुलो कलेक्सन गरेको छ । यो कमाईको आँकडा एक दिन अघि बक्स अफिसमा रिलिज भएको शाहरुख स्टारर फिल्म डंकीको ओपनिङ कलेक्शनभन्दा बढी हो ।

व्यापार विज्ञ रमेश बालाले सालारको अत्याधिक क्रेज देखिएको बताए । साउथ स्क्रिनमा तमिल, हिन्दी, तेलुगु, मलयालमजस्ता धेरै भाषामा रिलिज भएको सालार डंकीभन्दा धेरै अगाडि छ । साउथमा प्रभासको क्रेज धेरै छ । उनले भने, ‘साहो, राधे श्याम, आदिपुरुषसँग तुलना गर्ने हो भने यो बाहुबलीपछि प्रभासको उत्कृष्ट फिल्म हो ।’

उनले डंकीले पनि राम्रो गरिरहे पनि सालार जस्तो राम्रो गर्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here