काठमाडौँ – झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट प्रहरीले खैरो हेराइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारी घर भएका २४ वर्षीय खातिबुल महमद छन् । 

बुधबार दिउँसो उनलाई १ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here