काठमाडौं । किरण माइकल घिमिरेको ‘पिरती’ बोलको गीत सार्बजनिक भएको छ । किरण माइकलको शब्द, संगीतमा र सर्वप्रिय गायिका मेलिना राई स्वरमा पिरती बोलको गीत सार्बजनिक भएको हो ।
गीतमा उमेरको परिवर्तन संगै एक युवतीले एक युवाप्रति आकर्षित भएको कथा समाबेश गरिएको छ । प्रस्तुत गीतलाई शब्द संगीत किरण माइकल घिमिरेले भरेका छन् । स्टुडियोमा रेकर्ड भएको गीतलाई साइराम डिजिटल नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
“पिरती” बोलको गीतलाई आकाश मगर र पुनम थापाको अभिनयले थप आकर्षक प्रदान गरेको छ । करिब ४ मिनेट ४२ सेकेन्डको गीतमा कथाले मागेजति विषय वस्तुलाई निर्देशक राहुल बराइलीले छर्लंग पार्ने कोसिश गरेका छन् ।