विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने बैठकले निर्णय गरेको भण्डारीले बताए । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here