काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए ।

स्टेफनले पेभेलियन फर्किनुअघि ४६ रन बनाएका थिए ।उनले केवल ३९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । १३.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ७५ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here