काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
कुशल भुर्तेल २५ रन बनाउँदै आउट भएका हुन् । पेभेलियन फर्किनुअघि उनले १६ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराए । ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।


























