ललितपुर, २० कात्तिक ।  ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।

अर्घाखाँचीमा एक वर्ष स्थानीय विकास अधिकारी रहेका पौडेलले बुढानिलकण्ठ नगरपालिकामा एक वर्ष प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।

त्यसलगतै करिब दुई वर्ष टोखा नगरपालिका समेत प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेलले तिलोत्तमा नगरपालिका रुपन्देहीमा समेत एक बर्ष प्रमुख प्रशासकीय भएर कार्य सम्पादन गरेका थिए ।

अधिकृतको रुपमा बस्दा त्यहाको नगरप्रमुख तथा हालको प्रतिनिधि सभा सदस्य माननीय बासुदेव घिमिरेको नेतृत्वसङ्ग कुशल प्रशासनिक क्षमता देखाई जनप्रतिनिधिसङ्ग समन्वय सहकार्य गर्दै तिलोत्तमा नगरपालिकालाई नेपालकै प्रथम स्थान हासिल गराउनमा सफल व्यवस्थापकीय भूमिका निर्वाह गरेकामा अझै पनि त्यहाका जनप्रतिनिधि, कर्मचारी लगायतले स्मरण गर्दै आएको पाइन्छ ।

पौडेलले जिम्मेवारी बहन गरेका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उनलाई कुशल प्रशासक तथा स्थानीय तहको विज्ञको रुपमा समेत स्मरण गर्ने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here