काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ३ पीसीआर र १ हजार ६ सय ६३ एन्टिजेन गरी कुल २ हजार ५ सय ६६ जनाको परीक्षणमा १२४ जनामा संक्रमित देखिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयले कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ ।