काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, सार्वजनिक भएकाे छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लाेकार्पण गर्नु भएकाे हाे । शुक्रबार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयाेजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे बारे जति लेखे पनि कहिल्यै नसकिने बताउनु भयाे । जाेशी नेपाली लाेक साहित्य र संस्कृतिमा याे युगकै एउटा ननिभ्ने ज्याेति भएकाे बताउनु भयाे । रसिककाे याे १५ ओैं कृति हाे । सत्यकाे खाेज कृतिकाे समीक्षा गर्दै समिक्षक गाेपी कृष्ण ढुंगानाले सत्यकाे खाेज वाङ्मय शताब्दीपुरूष सत्यमाेहन जाेशीकाे गहिराईमा पसेर लेखिएकाे महत्वपूर्ण दस्तावेज भएकाे बताउनु भयाे । उहाँले सत्यकाे खाेजकाे हरेक च्याप्टर एक गहिराे अनुसन्धानमुलक कृति भएकाे बताउनु भयाे । वाङ्मयपुरूष जाेशी पुत्र अणुराज जाेशीले सत्यकाे खाेज भित्र सत्यमाेहन जाेशीकाे ईति वृतान्त समावेश रहेकाे र लेखक रसिककाे लेखन शैली आकर्षक भएकाले पाठकले कृति रूचाउने बताउनु भयाे कार्यक्रममा आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठकाे जीवनी ‘कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ’ र कमल प्रसाद मल्लकाे ‘क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लाेकार्पण भएकाे छ। लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा आन्दाेलनमा साहित्य, गीत, नाटकबाट जनताका लागि चेतना जगाउन पुर्याउनु भएकाे याेगदानकाे चर्चा गर्नु भयाे । कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले आफ्नाे भाैतिक शरीर काे भर नरहे पनि कृतिमार्फत आर मानन्धरले आफ्ने जीवनकाे पुरै चित्र कृतिमा उतार्नु भएकाे बताउनु भयाे । समिक्षक सुरेश किरण मानन्धरले ‘ कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ’ काे समीक्षा गर्नु भयाे । उहाँ ले जनकवि दुर्गालाल श्रेष्ठकाे बारे लेखिएकाे उक्त पुस्तकमा उहाँ जनताकाे कवि भएकाले उहाँकाे याेगदान जान्न चाहने पाठकलाई निकै महत्त्वपूर्ण कृति रहेकाे बताउनु भयाे ।’क्लासिकल नेवार लिट्रेचर’काे समीक्षा भने मल्ल के सुन्दर र सर्जक अभि सुवेदीले गर्नु भयाे । कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयाेजना गरेकाे हाे । कार्यक्रम गायक तथा पत्रकार कपिल कसपालले सञ्चालन गर्नु भएकाे थियाे ।साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहनजाेशीकाे जीवनी सत्यकाे खाेजकाे मूल्य ५५५/- , ‘कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ’ काे मूल्य ४९५/- र ‘क्लासिकल नेवार लिट्रेचर’ काे मूल्य ६००/- रूपैयाँ रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here