काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन ७ सयले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा निर्धारण भएको छ भने आइतबार तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९३ हजार ७ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here