काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा निर्धारण भएको छ भने बिहिबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य स्थिर रहेर १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।