भक्तपुर । साहित्यकार जितेन्द्र रसिक ‘शरस रत्न भुषण पदक’ बाट विभुषित हुनु भएको छ । शरस पाठशाला भक्तपुरको को १७ औं अभिभावक दिवसको अवशर पारेर पाठशालाले साहित्यकार रसिकको साहित्यिक योगदानको कदर गर्दै पदकले शुक्रबार विभुषित गरेको हो । साहित्यमार्फत मानिसलाई जीवन र जगत बुझाउन सक्षम मात्र नरही शैक्षिक क्षेत्रमा समेत योगदान दिँदै आएका रसिकको साहित्यिक योगदानको कदर गर्दै पाठशालाले ‘शरस रत्न भुषण पदक’ ले विभुषित गरेका शरस पाठशालाका संस्थापक इन्द्रप्रसाद खाईतुले बताउनु भयो ।
पृथक क्षमता भएका बालबालिकाका लागि स्थापित शरस पाठशाला ले मुलुकमा सञ्चालित सामुदायिक र नीजि विद्यालयको भन्दा फरक र जीवनोपयोगी शिक्षा नीति आवलम्वन गर्दै शिक्षण गर्दै आएको छ । पदकबाट विभुषित सर्जक रसिकका हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२), काफिया (गजल सङ्ग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६ ), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक –२०७७), बेलबहादुरसँग बिहे (बाल चित्रकथा २०७७), गुलेली (बालकथासङ्ग्रह–२०७७), हनुमानको करामत –बालचित्रकथा २०७८),‘गजल ऐ महफिल’ संयुक्त गजल सङ्ग्रह (२०७९), सत्यको खोज (२०८०) र युगको तेज (२०८०) सहित १६ कृति प्रकाशित छन् ।
उनले गीत संगीतको क्षेत्रमा योगदान गरेका छन् । उनका गीतहरु,तिम्लाई निथ्रुकै रुझायो झरिलेः गजल २०६७ (एल्वम बदनाम), अधुरो सपना (चलचित्र अधुरो सपना शिर्ष गीत २०७०), तिमी कहाँको म कहाँको मैच्याङ (सेलो गीत २०७१), पिरती गासौं ( पिरती गासौं एल्वम शिर्ष गीत–२०७१ ), विनासकारी भुइँचालो सेलो गीत (२०७२), जवानीको झोंक गजल २०७४ (एल्वमः सम्मान), कक्टेल जवानी – गजल २०७७ र आउ अलि धेरै माया–आधुनिक गीत (२०७८) रेकर्ड भइ बजारमा छन् ।