काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

दिउँसो देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ ।

रातीːकोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here