काठमाडौँ । सिन्धुली बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् ।  रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको  बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले  बताए । बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here