काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी लर्ड अफ ड्रिंक्सका सञ्चालक पक्राउ परेका छन् । बिहीबार साँझ उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा एलओडी सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका हुन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक सुवाललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here