काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)की उम्मेदवार कंगना रनौत हिमाञ्चल राज्यको मन्डी सिटमा ७४ हजारको मतान्तरले विजयी भएकी छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रिय कंग्रेसका नेता विक्रमादित्य सिंहलाई ७४ हजार ७५५ मतान्तरले पराजित गर्दै उनले चुनावी जित निकालेकी हुन् । सिंह पूर्वमुख्यमन्त्री विरभद्र सिंहका छोरा हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कट्टर समर्थक कंगनाले भाजपाकाे एकल बहुमत नभएको समयमा चुनाव जितेकि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here