काठमाडौँ – लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए।

उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन्। गायक लम्सालको निधनप्रति राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत रहेका गायक रमेश विजीले दु:ख व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here