काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ को दुई क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो । अनिल बुढामगर निर्देशित फिल्म एउटा पोस्टरमा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका पछि डोकोहरूको चाङ बोकेर हिँडेको देखिएका छन् ।पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरूमा करिब एक महिना छायाङ्कन गरिएको फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्देशक अनिल बुढाको कथा अनि पटकथा, संवाद लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । नयाँ वर्षको असार २८ गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनील मगरको अभिनय छ ।
जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । एमएसएनले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले वितरण गर्नेछ ।