काठमाडौं– हिजो काठमाडौंको एक रेष्टुरेन्टको ६ तलाबाट खसेर निधन भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको भोलि अन्त्येष्टि गरिने भएको छ । माधव नेपालको सचिवालयले जनाएअनुसार स्वर्गीय नेपालका छोरीहरु भोलिमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टि भोलि गरिने भएको छ ।
नेपालको सचिवालयले भनेको छ– सादर अनुरोध !पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपालका भाई एवम् पार्टी केन्द्रीय कमिटी सदस्य क. सरोजकुमार उपाध्यायप्रति अन्तिम श्रद्धान्जली एवम् अन्त्येष्टीको कार्य भोली फाल्गुण २२ गते उहॅाका छोरीहरू नेपाल फर्किएपछि मात्र हुने भएकोले सम्बन्धित सबैलाई सोही अनुसार उपस्थितिका लागि सादर अनुरोध छ । समय सहितको तालिका पछि जानकारी गराउने कुरा समेत अनुरोध छ । क. माधवकुमार नेपालको सचिवालय