काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथोपटक विश्वासको मत पाएका छन् ।
उनको पक्षमा ६१ जना सांसदले मतदान गरेका हुन् । विश्वासको मत लिने प्रक्रियामा ६१ जनाले भाग लिएको र सबैले मुख्यमन्त्री यादवकाे पक्षमा विश्वासको मत दिएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।
प्रदेश सभाको कुल सदस्य सङ्ख्याको बहुमत ५३ सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी ६१ सांसदको मत पाए
संसदीय मर्यादा विपरीत प्रतिपक्षीलाई छलफलमा भाग लिन नदिएको भन्दै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नभई प्रदेश सभा बैठक बहिस्कार गरेका छन् ।
सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेशका मुख्यमन्त्रीले पुन: विश्वासको मत लिएका हुन् ।