काठमाडाैं । मधेश प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ
बिहीबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेकाे हाे ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पारित गर्नका लागि प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउतले निर्णायार्थ पेश गरेकी थिइन् । साे प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरिएको हो ।
मुख्यमन्त्री सिंहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सभाका सदस्यले राखेको सुझाव बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
गत मंगलबार मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।