काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुक संकटमा रहेको बेला सरकारले महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीदेखि नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ । ऊसलाई भ्याईनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नु पर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ । यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो । हामी अहिले सरकारमा छौं । काँग्रेस सरकारमा छ । तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो ।’

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here