काठमाडाैं । महोत्तरीको मटिहानी नगरपालिका –६ मा भीषण आगलागी हुँदा १०० सय घर जलेर नष्ट भएको छ ।

बुधबार मदरसा टोलमा दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here