महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान– श्रीमती र भतिजीको मृत्यू भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको छ ।

मोटरसाइकलमा उनीहरू सम्सीबाट जनकपुरधाम आउँदै गर्दा बसले ठक्कर दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here