काठमाडौं । माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन भएको हो । कम्पनीले वैशाख ८ गते शुक्रबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here