काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

यो मध्ये ८० हजार कित्ता सामूहीक लगानी कोष र ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले चैत २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here